Logo

कतार एयरवेजले गर्याे रोम इ प्रीक्सको प्रायोजन, सम्बन्ध अझ बलीयो हुने विश्वास

कतार एयरवेजले गर्याे रोम इ प्रीक्सको प्रायोजन, सम्बन्ध अझ बलीयो हुने विश्वास



काठमाडौं । कतार एयरवेजले शनिबार रोममा आयोजित सिबिएमएम नीयोवियम रोम इ प्रीक्समा आफ्नो सप्ताह मनाएको छ ।
एयरवेजले सो आयोजनामा प्रायोजनको साझेदारी गरेको हो ।

कम्पनीले एक हप्ता अघि मात्रै एबिबि एफआइए फर्मुला इ च्याम्पीयनसिपको आयोजना सफल पारेको थियो । रोम इ प्रीक्समा प्रस्तुत गरिएको मर्सिडिज इक्युले क्रीस्टोफोरो कोलोम्वो देखि पलाज्जो डेइ कङग्रेसिसम्मको १ दशमलव ७६ माइल यात्रा पार गरि पछिल्लो हप्ता फर्केको थियो ।
यस बीचमा एलिएन्ज इ भिलेजमा एयरवेजले लाउन्जको आयोजना गरेको थियो, जहाँ यात्रुहरुले फोटो खिच्ने लगायतका अन्य आनन्ददायक कार्यहरु गरेका थिए ।
कतार एयरवेजका प्रमुख कार्यकारी अकवर अल बेकरले सो आयोजनाले इ प्रीक्स संग सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL