Logo

एनआईबिएल एस क्यापिटल थप ३ शाखा विस्तार, थप शाखा विस्तार गर्दै

एनआईबिएल एस क्यापिटल थप ३ शाखा विस्तार, थप शाखा विस्तार गर्दै



काठमााडैं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एकैसाथ ३ नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले बीरगञ्ज, बुटवल र बिराटनगरमा थप ३ नयां शाखाहरु विस्तार गरेको हो ।

एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । जसले बजारमा एक अग्रणी मर्चेन्ट बैंकिङ्ग कम्पनी अन्तर्गतका सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले हालसम्म १ लाख ५० हजार भन्दा बढी हितग्राही खाता संचालन गर्दै आइरहेको छ भने बिभिन्न बैंक/वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको सेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्येनजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै जाने उल्लेख गरेको छ । नयाँ विस्तारित शाखाहरुबाट समेत निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु थप व्यवस्थित हुने विश्वास कम्पनीको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL