Logo

क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धी, एक दिवसीय मान्यता पाउने पक्का

क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धी, एक दिवसीय मान्यता पाउने पक्का


बिजखबर संवाददाता
1.2k
Shares

काठमाडौं । नेपालले एक दिवसीय क्रिकेटमा अन्तरराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । आज भएको विश्व कप प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनी र नेदरल्याण्डले हङकङलाई हराएसँगै नेपालको एक दिवसीय क्रिकेटमा अन्तरराष्ट्रिय मान्त्रयता पाउने पक्का भएको हो ।

आज ओडीआई स्टाटसको लागि भएको प्लेअफ खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनी माथी सानदार जीत निकालेको थियो । नेपालले २३ ओभरको समाप्तीमा ४ विकेट गुमाएर पपुवा न्युगिनीलाई हराएको थियो ।

आजको जीतसँगै अब हुने खेलमा नेपालले नेदरल्याण्ड्सँग पराजय भएपनि ओडीआई मान्यताको लागि कुनै असर पर्ने छैन । क्रिकेटमा नेपालको यो अहिलेसम्मको ऐतिहासिक उपलब्धी हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL