Logo

राष्ट्रिय सभाका मनोनयनका लागि देउवा सरकारले गरेको सिफासिर फिर्ता लिँदै प्रम ओली

राष्ट्रिय सभाका मनोनयनका लागि देउवा सरकारले गरेको सिफासिर फिर्ता लिँदै प्रम ओली


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघिको सरकारले राष्ट्रिय सभा सदस्यका लागि मनोनयनका लागि गरेको सिफारिस फिर्ता लिने भएको छ । शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्याका लागि ३ जनाको नाम सिफासिर गरेकोमा प्रधानमन्त्री ओलीले फिर्ता लिने भएका हुन् ।

यसअघि देउवा सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेबी भण्डारीले छलफल पश्चात मात्र नियुक्त गर्ने बताउँदै आएकी थिइन् । संविधानअनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ ।

देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL