Logo

राष्ट्रपति भण्डारीले खुवाइन् प्रदेश प्रमुखलाई शपथ

राष्ट्रपति भण्डारीले खुवाइन् प्रदेश प्रमुखलाई शपथ


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सात वटै प्रदेशका प्रमुखलाई शपथ गराएकी हुन् ।

जस अनुसार प्रदेश नम्बर १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायस्थ, ३ का अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ५ उमाकान्त झा, ६ का दुर्गाकेशर खनाल र प्रदेश नम्बर ७ का मोहनराज मल्ललाई सपथ लिएका हुन् ।

उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रि, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL