Logo

दुर्घटनाग्रस्त गोमा एयरका को-पाइलटको पनि निधन

दुर्घटनाग्रस्त गोमा एयरका को-पाइलटको पनि निधन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका को पाइलट सुजन मानन्धरको निधन भएको छ । उनको लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा गत मृत्यु भएको हो ।

घाइते बिमान परिचारिका प्रज्ञा महर्जनलाई भने उपचारको लागि आइतबार बिहान मनाङ एयरको हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल ल्याइएको छ ।

चालक पारस राई र सहचालक सुजन मानन्धरको मृत शव बिहान ७ः ३० बजे एयर डाइनेस्टीको हेलिकप्टरबाट राजधानी ल्याइएको प्रहरीले जानकारी दिएको छ । गोमाको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमानशनिबार लुक्ला विमानस्थलमा दुर्घटना भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL