Logo

रेडियो नेपालमा जागिरको अवसर, समाचार वाचकदेखि रिपोर्टरको माग

रेडियो नेपालमा जागिरको अवसर, समाचार वाचकदेखि रिपोर्टरको माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारी सञ्चार माध्यम रेडियो नेपालले विभिन्न तहमा जागिरको लागि आवेदन माग गरेको छ । रेडियो प्रसार सेवा विकास समिती अन्तर्गत सञ्चालित रेडियो नेपालले प्राविधिक, लेखा सहित पत्रकारिताको क्षेत्रमा रुचि राख्नेका लागि अवसर खुला गरेको हो । तह ९ अन्तर्गतको उपनिर्देशक पददेखि तह ४ सम्म देशका विभिन्न स्थानका लागि आवेदन माग गरिएको छ ।

radio Nepal 1(2)

रेडियो नेपालले अधिकृतस्तरमा नेपाली र अङ्गे्रजीका लागि सम्पादक, सोही तहमा संवाददाता समेत माग गरेको छ । स्थानीय संवाददातालाई पनि पाँच तहमा स्थायी जागिरको अवसर रेडियो नेपालले प्रदान गरेको छ । रेडियो नेपालले सबै क्षेत्रमा गरेर ९० भन्दा बढी पदका लागि जागिरको आवेदन खुलाएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL