Logo

आर्थिक एजेण्डा स्थापित गर्न ‘परिसंघ प्रबुद्ध परिषद’ गठन, कुटनीतिज्ञदेखि सचिवसम्म समावेश

आर्थिक एजेण्डा स्थापित गर्न ‘परिसंघ प्रबुद्ध परिषद’ गठन, कुटनीतिज्ञदेखि सचिवसम्म समावेश


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघले देशमा आर्थिक एजेण्डा स्थापित गर्न ‘परिसंघ प्रबुद्ध परिषद्’ को गठन गरेको छ । एक कार्यक्रमबीच उक्त परिसंघको घोषणा गरिएको थियो ।

देशमा आर्थिक एजेण्डालाई स्थापित गराई सरकार र निजी क्षेत्रका बीच रहेको फरक मान्यताहरु चिर्दै सही नीतिको तर्जुमा गर्न प्रबुद्ध परिषद् गठन गरिएको सीएनआईका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । ससाथै औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक विकासको गतीलाई तिब्रता दिन उपयुक्त नीति निर्माण, पैरवी तथा सरकार र निजी क्षेत्र वीच विश्वासको वातावरण निर्माणमा यस परिषदबाट परिसंघलाई थप सहयोग पुग्ने शर्माको विश्वास छ ।

संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्ब स्थायी प्रतिनिधिरराजदूत एवं आर्थिक कुटनीतिज्ञ प्रा.डा. शम्भुराम सिम्खडाको संयोजकत्वमा गठन गरिएको परिषदमा १५ सदस्य छन् । जसमा शंकरप्रसाद कोइराला, उमाकान्त झा, डा. शंकरप्रसाद शर्मा, प्रा. डा. गोविन्दराज पोखरेल, डा. बिन्दु लोहनी, पुरुषोत्तम ओझा, कृष्ण ज्ञवाली, किशोर थापा, सुरेशमान श्रेष्ठ, प्रा. डा. सुवास के.सी., हिमालय थापा, डा. गोविन्द प्रसाद थापा, प्रा.डा. मीना वैद्य मल्ल र डा. विश्व पौडेल रहेका छन् ।

मुलुकको बदलिदो राजनीतिक, आर्थिक एवम् औद्योगिक यथार्थतामा नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरणको भरपर्दो आधारशीला निर्माण गर्न समसामयिक एवम् नवीन सोच र दृष्टिकोणको केन्द्र विन्दु बनाउन उद्देश्यअनुरुप मुलुकका प्रशासनविद, अर्थविद, योजनाविद, आर्थिक कूटनीतिज्ञ, सुरक्षाविद र प्राज्ञिक क्षेत्रमादिग्गज व्यक्तित्व सम्मिलित ‘परिसंघ प्रबुद्ध परिषद’ गठन गरिएको परिसंघले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL