Logo

दुइपाङ्ग्रे सवारीले यो हप्ता तेल पाउने, लट अनुसार ५ लिटर दिइने

दुइपाङ्ग्रे सवारीले यो हप्ता तेल पाउने, लट अनुसार ५ लिटर दिइने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । यो हप्ता २ पाङग्रे सवारीसाधनले पेट्रोल पाउने भएका छन् । हाल निगमसँग केही पेट्रोल मौज्दात रहेकाले वितरण गर्न लागिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ‘दुइ पाङग्रे सवारीसाधनलाई पेट्रोल वितरण गर्ने सम्बन्धमा निगमको बोर्डमा छलफल भइरहेको छ,’ उनले भने, ‘यसै हप्ता वितरण गर्ने छौं ।’

उनका अनुसार निगमले यस पटक पनि प्रति मोटरसाइकल ५ लिटर पेट्रोल दिने भएको छ । तर, कुन दिन कति लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई दिने भन्ने विषयमा भने अझै टुङ्गो लागेको छैन । यस सम्बन्धमा १/२ दिनमै टुङ्गो लाग्ने समेत उनले जानकारी दिए ।

निगमले केही समय अघि चारपाङग्रे निजी सवारीसाधनलाई पेट्रोलि वितरण गरेको थियो । त्यसयता निगमसँग मौज्दात कम भएको र केही पेट्रोल सुरक्षाका लागि राख्नुपर्ने भन्दै विरणकार्य बन्द गरेको थियो । हाल केही पेट्रोल मौज्दात भएकाले वितरण गर्न लागिएको हो ।

निगमसँग हाल देशभर गरी कुल ३ हजार किलोलिटर पेट्रोल मौज्दात गरेको छ । जसमध्ये थानकोट डिपोमा मात्रै १ हजार ५ सय किलोलिटर पेट्रोल रहेको घिमिरेले जानकारी दिए । यस्तै, डिजेल भने १२ हजार केएल मौज्दात रहेको छ ।

केही समय इण्डियन आयल कर्पोरेशन (आईओसी)ले आवश्यकता अनुसार तेल दिने प्रतिवद्धता गरेपनि सोही अनुरुप नदिदा वितरणकार्य लम्बिएको घिमिरे बताउँछन् । ‘हामीलाई आईओसीले आवश्यकता अनुसार पेट्रोलियम दिने भन्दै ट्याङ्कर पठाउन आग्रह गरेको थियो,’ उनले भने, ‘एनओसीले सोही अनुरुप ट्याङ्कर पठायो तर उनीहरुले लोडिङ नै गर्देनन् ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL