Logo

अनसन बसेका लगानीकर्तालाई नेप्सेको राहत, बजार बन्द हुँदा दोहोरो अंकले बढ्यो परिसुचक

अनसन बसेका लगानीकर्तालाई नेप्सेको राहत, बजार बन्द हुँदा दोहोरो अंकले बढ्यो परिसुचक



काठमाडौं । लगातार बजार लाग्दा पनि सरकारले वेवास्ता गरेको भन्दै अनसन बसेका लगानीकर्तालाई आईतबार नेप्से परिससुचकले केही राहत दिएको छ ।

बजार खुलेदेखि नै सामान्य रुपमा बढेको नेप्से परिसुचक अन्तिम समयमा आएर दोहोरो अंकले बढ्न पुगेको हो । १० दशमलव ८५ अंकले बढेको बजारमा बैंकिङ समुहको परिसुचक सबैभन्दा बढी उकालो लागेको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १० दशमलव १५ अंकले बढ्दा विकास बैंक समुहको परिसुचक पनि १० दशमलव ९९ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा निर्जीवन बीमा समुहको परिसुचक पनि १० दशमलव ७१ अंकले बढ्दा जीवन बीमा, लघुवित्त तथा जलविद्युत समुहका परिसुचक भने सामान्य उकालो लागेका छन् ।

तर, दोहोरो अंकले बढेको बजारमा उत्पादनमुलक, फाइनान्स र होटल समुहका परिसुचक भने ओरालो लागेका छन् ।
आईतबार बजार बढ्दा कारोबार रकम भने खस्किन पुगेको छ ।

दिनभर कुल २२ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । जसमा १ सय ५५ कम्पनीको ७ लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL