Logo

आइएमई पेमार्फत कोरियाली भाषा परीक्षाको आवेदन शूल्क बुझाउन सकिने, एसएमएसबाटै पाईन्छ भौचर

आइएमई पेमार्फत कोरियाली भाषा परीक्षाको आवेदन शूल्क बुझाउन सकिने, एसएमएसबाटै पाईन्छ भौचर



काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जाने नेपालीले ‘आइएमई पे’ मार्फत भाषा परीक्षाको आवेदन शूल्क बुझाउन पाउने भएका छन ।

laxmi

चैत ८ गते देखि आइएमई पेमार्फत इपीएस कोरिया टपिक परीक्षा शूल्क भुक्तानी गर्न सक्ने आइएमईले जानकारी दिएको छ ।

आइएमई पेका अनुसार सेवाग्राहीले एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनबाहक सेवाग्राही तथा आफैले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इपीएस कोरिया टपिक परीक्षा शूल्क भुक्तान गर्न सक्नेछन ।

परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शूल्क भने २४ अमेरिकन डलर दस्तुर लाग्नेछ ।

परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL