Logo

राष्ट्र बैंकको टुल्सले काम नगरेपछि वियरिस ट्रेण्डमै नेप्से, कारोबार रकमले पनि छाड्यो साथ

राष्ट्र बैंकको टुल्सले काम नगरेपछि वियरिस ट्रेण्डमै नेप्से, कारोबार रकमले पनि छाड्यो साथ



काठमाडौं । लामो समयदेखि वियरिस ट्रेण्ड समातेको नेप्से परिसुचकले अझै ओरालो लाग्ने संकेत गरेको छ । नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि नयाँ नीतिलाई देखाउँदै २ दिन बजार उचालेपनि अन्तत बजारले वियरिस ट्रेण्डकै लयलाई समातेको छ ।

नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधारमा मार्जिन लेण्डिङको ६५ प्रतिशत सुविधा, वेट रिस्कमा छुटलगायतका सुविधा ल्याउन पनि बजारले गति लिन नसकेपछि लगानीकर्ताहरु निरास बन्न पुगेका हुन् । लगानीकर्ताहरु राष्ट्र बैंकले ल्याएको नयाँ नीतिले नेप्से परिसुचक उच्च वृद्धि भई १५०० अंकमा पुग्ने आशामा बसेका थिए । तर, दुई बढेर १२०० अंक पार गरेको नेप्से परिसुचक पुन घट्दै १२०० भन्दा तल झरेपछि लगानीकर्ताहरु निरास बन्न पुगेका हुन् ।

सोही अनुरुप सोमबार नेप्से परिसुचक १७ अंकले घट्दै ११८७ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १६० अंकले घटेको छ भने होटल समुहको परिसुचक १९ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि दोहोरो अंकको गिरावट आएको छ । सो समुहको परिसुचक १५ अंकले घट्दा माइक्रोफाइनान्स समुहको परिसुचकमा २३ अंकको गिरावट आएको छ ।

पछिल्लो समय बजार सुधारमा राष्ट्र बैंकले नयाँ नीति अबलम्बन गरेपनि लगानीकर्तलाई कम्पनीले दिने प्रतिफल न्युन तथा देशमा लागनीमैत्री वातावरण नहुँदा नेप्से परिसुचक ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै सरकारका आवमा दिनमा कस्तो नीति अवलम्ब गर्छ भन्ने दुविधाका कारण पनि धेरै लगानीकर्ताहरु बजारबाट बाहिरिएको एक लगानीकर्ताले जानकारी दिए ।

सोमबार बजारमा नेप्से परिसुचकका साथै कारोबार रकमा पनि उच्च गिरावट आएको छ । गतहप्ता दैनिक कारोबार १ अर्ब १२ करोड रुपैयाँसम्म पुगेको बजारमा सोमबार घट्दै ४० करोड रुपैयाँमा सिमति भएको छ । यो रकम आईतबारको तुलनामा पनि ५ करोड रुपैयाँले कमि हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL