Logo

उन्नतिको सेयर बाँडफाँड, २ लाख ४४ हजार आवेदकमा १५ हजारले मात्र पाए

उन्नतिको सेयर बाँडफाँड, २ लाख ४४ हजार आवेदकमा १५ हजारले मात्र पाए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उन्नति माइक्रोफाइनान्स साधारण सेयर बाँडफाँड भएको छ । मागको तुलनामा आवेदनको संख्या बढी भएपछि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले गोलाप्रथाबाट बाँडफाँड गरेको थियो ।

कुल १ लाख ६५ हजार कित्ता सेयरका लागि २ लाख ४४ हजार ४ सय २७ जनाले आवेदन दिएका थिए । जसमध्ये गोप्रथाबाट १० कित्ताको दरले १५ हजार १५ जना सेयर परेको थियो ।

माइक्रोफाइनान्सको साधारण सेयर पुस २१ गतेदेखि २५ गतेसम्म खुला भएको थियो । आवेदकमध्ये दुई लाख २९ हजार ४ सय १२ जनाले सेयर प्राप्त गर्न सकेनन् ।

हाल माइक्रोफाइनान्सको ३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । साधारण सेयर बिक्रीसँगै कम्पनीको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL