Logo

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि उच्च बृद्धि

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि उच्च बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य उकालो लागेको छ । मंगलबार बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

बजारमा सुनको मूल्य बढ्दै प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मूल्यमा पनि उच्च बृद्धि भएको छ । दैनिक प्रतितोला ५ रुपैयाँले घटबढ भइरहने चाँदीको मूल्य मंगलबार एकैपटक तोलामा १५ रुपैयाँले बढेको छ ।

बजारमा चाँदीको मूल्य बढेर प्रतितोला ७ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL