Logo

मनकामना केबलकारको उपहार योजना सार्वजनिक, टिभी देखि मोबाईल सम्म उपहार

मनकामना केबलकारको उपहार योजना सार्वजनिक, टिभी देखि मोबाईल सम्म उपहार



काठमाडौं । मनकामना केबलकारले आफ्नो २१ औं वार्षिकोत्सबको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने भएको छ ।

laxmi

उक्त योजना अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजी स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ ।

यहि कात्तिक ७ गते देखि सुरु भएको सो योजना मंसिर ७ गतेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ । उक्त उपहार योजनाको नतिजा भने कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको बिशेष अवसरमा लक्की ड्र मार्फत सार्वजनिक गर्ने छ ।

योजना चितवन कोइ समूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL