Logo

करको फन्दामा चिनियाँ अभिनेत्री बिङबिङ, १३ करोड डलर जरिवाना तिर्दै

करको फन्दामा चिनियाँ अभिनेत्री बिङबिङ, १३ करोड डलर जरिवाना तिर्दै



काठमाडौं । सबैभन्दा महंगी भनिएकी चिनियाँ अभिनेत्री फ्यान बिङबिङ कर काण्डमा मुछिएकी छन । कम कर तिर्ने बहानामा कम पारिश्रमिक लिएको पुष्टी गरेको भन्दै पुर्वी चीनको कर प्राधिकरणले उनलाई १३ करोड डलर जरिवाना तोकेको हो ।

उनलाई ६ करोड डलर कर र उक्त कर छलेकोमा ७ करोड डलर जरिवाना पनि तिर्न ताकेता गरेको चीनको आधिकारिक पत्रिका सिन्ह्वाले लेखेको छ ।

उनले उक्त जरिवाना तिर्नलाई स्वीकार गरेको जानकारी पनि दिएकी छन । केहिदिन अगाडी देखि गुपचुप रहेकी उनले आफ्नो सामाजिक सञ्जालमा उक्त जरिवाना तिर्ने र सो गल्ती गरे वापत माफी पनि मागेकी छन ।

चिनिया मिडिया सिन्ह्वाका अनुसार आफ्नो सामाजिक संजालमा ६ करोड ३० लाख फ्यान भएकी उनि पछिल्लो महिना ३७ बर्ष पुगेकी हुन । ‘कम्युनिष्ट पार्टिले मनोरन्जनको क्षेत्रलाई ध्यान नदिएको भए र मेरा धेरै फ्यानहरु नभएको भए म हुन्थेन होला ।

म माफी माग्न चाहान्छु मैले गल्ती गरेँ म जरिवाना तिर्न तयार छु ।’, उनले आफ्नो सामाजिक संजालमा लेखेकी छन ।

उनले हलिवुड सिनेमाका चिनिया संस्करणमा काम गरेकी छन । उनि चीनकै सबैभन्दा महङगो अभिनेत्रीमा पर्दछिन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL