Logo

गुराँस लाइफ इन्स्योरेन्स र इसेवाबीच सहकार्य, ईसेवाबाटै बीमा शुल्क भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स र इसेवाबीच सहकार्य, ईसेवाबाटै बीमा शुल्क भुक्तानी



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र इसेवाबीच सहकार्य भएको छ । सहकार्यसँगै कम्पनीको बीमा शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने छ । कम्पनीमा बीमा गरेका बिमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिने इसेवाले जानकारी दिएको छ । साथै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन ।

laxmi

कम्पनीको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौँ । यस किसिमको सहकार्यले बिमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ।’
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका महशुल भुक्तानी गर्न सक्नेछन ।

कम्पनीले बिभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले गुराँस सावधिक जीवन बीमा, गुँरास अग्रिम भुक्तानी सावधिक जीवन बीमा, गुँरास जीवनश्री (सावधिक र आजीवन) बीमा योजना, गुँरास बाल सुरक्षा जीवन बीमा योजनालगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL