Logo

२० हजार पर्यटन ब्यवसायीसँग सामुहिक सपथ खार्दै मन्त्री भट्टराई, सपथले भित्रिएला २० लाख पर्यटक ?

२० हजार पर्यटन ब्यवसायीसँग सामुहिक सपथ खार्दै मन्त्री भट्टराई, सपथले भित्रिएला २० लाख पर्यटक ?



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भ्रमण बर्ष सफल पार्न टुँडीखेलमा सपथ खाने भएका छन । उनले भ्रमण बर्षको अवसरमा २० हजार जना पर्यटन ब्यवसायीहरुसँग बसेर सामुहिक रुपमा भ्रमण बर्षलाई सफल बनाउन टुँडीखेलमा सपथ ग्रहण गर्ने बताएका हुन ।

laxmi

उनले बिहीबार नेपाल पर्यटन बोडले आयोजना गरेको भ्रमण बर्षको गतिविधिबारे अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । साथै उनले सोही अवसरमा नेपाल वायुसेवा निगमलाई अहिलेको अवस्थाबाट माथी उठाउने गरी काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन ।

भ्रमण बर्षमा एनआरएनए १ जनाले कम्तिमा पनि १० जना विदेशीलाई नेपाल पठाउन सके पनि भ्रमण बर्ष सफल हुनेमा कुनै दुई मत नरहेका बताएका छन । उक्त अन्तरक्रियामा मन्त्री भट्टराईले पर्यटन ब्यवसायीहरुलाई ३ दिन भित्रै आफनो सुझाव पेश गर्न समेत आग्रह गरेका छन ।

उनले सोही सुझावको आधारमा आगामी दिनमा कसरी अगाडी बढने भनेर पर्यटकलाई प्याकेज बनाउने र सुझाव आएको १५ दिन भित्रै पुनः ब्यवसायीहरुसँग बसेर छलफल गर्ने बताएका छन । त्यस्तै मन्त्री भट्टराईले अहिले आफुले कुनै काम गर्नु भन्दा पनि कुन काम गर्ने भनेर सोची रहेको जानकारी दिएका छन ।

उनले भने, ‘हामीले कुनै काम गरे पछि पछि फर्केर हेर्नु नपरोस, हामी तह तहमा गएर कार्यक्रम गर्छौं जस्ले कुनै पनि समयमा फर्केर हेर्नु नपरोस ।’ भ्रमण बर्षलाई लक्षित गर्दै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम डिसेम्बर ३० भित्रै सम्पन्न गर्न चिनियाँ ठेकेदारलाई निर्देशन समेत दिएको बताएका छन ।

मन्त्री भट्टराईले भने, ‘यदी कुनै किसिमले नसक्ने अवस्था भयो वा आर्थिक समस्या भयो भने सिजिन पिङलाई भन्नुहोस हजुर आउँदै हुनुहन्छ रे काम सम्पन्न समस्या भयो भनेर पैसा माग्नुहोस हामी पछि दिने छौं भनेर समेत भनेका छौं आशा गरौं समयमै सम्पन्न हुने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL