Logo

ललितपुरको भित्री भागमा अब सवारी निषेध, केही क्षेत्रमा वान वे

ललितपुरको भित्री भागमा अब सवारी निषेध, केही क्षेत्रमा वान वे


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाको भित्री भागमा सवारीसाधन प्रवेशमा निषेध गरिने भएको छ । सवारी चाप बढेसँगै यात्रु तथा पाटन घुम्न आउने पर्यटक समस्या भएपछि ललितपुर महानगरपालिकाले यस्तो कदम चालेको हो ।

पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने तथा सवारी चाप बढी भएका कतिपय ठाउँमा एकतर्फी ‘वान वे’ लागू गर्न लागिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । ‘मुख्य गरेर दरबार क्षेत्र र त्यससँगै पर्यटक आगमन बढी हुने अरु क्षेत्रमा सवारी व्यवस्थापनको योजना बनाइएको छ,’ उनले भने ।

सवारी साधनको चाप धेरै भएका स्थानमा पर्यटकसँगै अरु पैदल यात्रुले समेत सास्ती भोग्दै आएका छन् । पाटन दरबार क्षेत्रमा निश्चित समयबाहेक अन्य बेला सवारी साधन नै चल्न नदिने गरी तयारी भइरहेको महानगर प्रमुख महर्जन बताउछन् । सो बारे ट्राफिक प्रहरी, जातीय समूहलगायत सरोकारयुक्त निकायसँग छलफल भइरहेको छ । आगामी वैशाख १ गतेदेखि लागू गर्ने गरी तयारी अघि बढेको महानगरपालिकाले जानकारी दिएको छ । सो विषयमा सम्भाव्य अध्ययन तथा छलफल भइरहेको समेत उनको भनाइ थियो ।

केही वर्ष पहिलेदेखि ग्वार्खोबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटोमा ‘वान वे’ लागू भएको थियो । यस क्षेत्रमा सवारी व्यवस्थापन भई पैदल यात्रुलाई सहज भएको छ । भित्री भागमा ‘वान वे’ लागू गर्नुपर्ने भनी ट्राफिक प्रहरीले बताउँदै आएको थियो /रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL