Logo

एनसीसी, सिभिल, कृषि र स्ट्याण्डर्ड चाटर्डको नाफामा बृद्धि, एनआईसी एसियाको किन घट्यो ?

एनसीसी, सिभिल, कृषि र स्ट्याण्डर्ड चाटर्डको नाफामा बृद्धि, एनआईसी एसियाको किन घट्यो ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार वित्तीय बिवरण सर्वजनिक गरेका ४ वटा बाणिज्य बैंकले आफ्नो नाफामा उल्लेख्य सुधार गरेका छन् । आजै वित्तीय बिबरण सार्वजनिक गरेको एक बाणिज्य बैंकको भने घटेको छ ।

एनसीसी बैंक

चालू आर्थिक बर्षको पहिलो ६ महिनाको वित्तीय बिबरण सार्वजनिक गरेको एनसीसी बैंकको आफ्नो नाफामा ४ सय प्रतिशतले बढाएको छ । बैकले गत आबको पहिलो ६ महिनामा ७ करोड नाफा गरेको चालू आबको सोही अबधिमा आइपुग्दा ३५ करोड पुर्याएको छ । बैंकले खराब कर्जा उठौतीमा सुधार गरेसँगै नाफामा उच्च बृद्धि भएको हो । एनसीसीले ४ दशमलव ४ प्रतिशत रहेको खराब कर्जालाई ४ दशमलव ०४ प्रतिशतमा झारेको छ ।
सो अबधिमा बैकले ५८ अर्ब निक्षेप संकलन गरी ५१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड चुक्ता छ भने जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी १०.२४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.२९ रुपैंयाँ रहेको छ । एनसीसीको सिडी रेसियो ७६.४८ प्रतिशत रहेको छ

सिभिल बैंक

चालू आबको दोस्रो त्रैमाससम्म आइपुग्दा सिभिल बैंकले पनि नाफामा ३१ दशमलव २५ प्रतिशतले वृद्धि गर्दै २१ करोड पुर्याएको हो । २०७३ पुस मसान्तसम्मा सिभिल बैंकको नाफा जम्मा १६ करोड रुपैंयाँ मात्रै थियो ।

सिभिलले पजिन राइट ब्याकबाटै आफ्नो नाफामा बृद्धि गरेको हो । बैंकले चालू आबको पहिलो ६ महिनासम्म आइपुग्दा ३७ अर्ब निक्षेप संकलन गरी ३३ अर्ब कर्जा लगानी प्रबाह गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

केही समयअघि मात्र शतप्रतिशत बोनस सेयर दिएको स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि आफ्नो नाफामा उच्च बृद्धि गरेको छ । सो अबधिमा बैंकले आफ्नो नाफामा २७ करोड रुपैयाँले बृद्धि गर्दै १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ ।
समीक्षा अवधिमा बैंकले ६६ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

हाल बैंकको खराब कर्जा शुन्य दशमलव १७ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसामा झरेको छ ।

कृषि विकास बैंक

आजै वित्तीय बिबरण सार्वजनिक गरेको कृषि विकास बैंकले पनि आफ्नो नाफा १ अर्ब रुपैयाँ कटाएको छ । बैंकले चालू आबको पहिलो ६ महिनामा आफ्नो नाफामा १२ करोड रुपैयाँले बृद्धि गर्दै १ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेको छ ।

सो अबधिसम्म आईपुदा कृषि विकास बैंकले ९८ अर्ब निक्षेप संकलन गरी ९२ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकले ६ अर्ब १५ करोड ब्याज आम्दानी गर्दा ३ अर्ब ५० करोड रुपैयाँ मात्र ब्याज खर्च गरेको छ । १३ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको सो बैंकको जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैंयाँ रहेको छ ।

एनआईसी एसिया बैंक

तर, आजै मात्र वित्तीय बिबरण सार्वजनिक गरेको एनआईसी एसिया बैंकको नाफामा भने झण्डै २१ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक बर्षको पहिलो ६ महिनामा ७२ करोड रुपैयाँ कमाएको सो बैंकले चालू आबको सोही अबधिमा आईपुग्दा ५७ करोड रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको छ ।

बैंकले सो अबधिसम्म आइपुग्दा १ खर्ब २० अर्ब निक्षेप संकलन गरी १ खर्ब २ अर्ब कर्जा प्रबाह गरिसकेको छ ।

बैंकले ५ अर्ब ५५ करोड ब्याज आम्दानी गरेर ४ अर्ब ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी १४ दशमलव २४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १३३ दशमलव ०७ रुपैंयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL