Logo

आगामी बर्ष यस्तो सोलार कारले सडकमा तहल्का मच्चाउने छ !

आगामी बर्ष यस्तो सोलार कारले सडकमा तहल्का मच्चाउने छ !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्वमा सौर्य उर्जाको विषय धेरै अगाडीदेखि नै उठ्दै आएको छ । यसैक्रममा सोलारबाट सञ्चालित सवारी उत्पादनबारे विषय पनि चर्चाकै विषयमा छ । तर धेरैले भने सोलारबाट सञ्चालित कारलाई असम्भव ‘पाइप ड्रिम’का रुपमा लिइदै आएको छ ।

यसैबीच हालै एक कम्पनीले भने, लइट इयर वान सोलार कारको डिजाइनका लागि नै पुरस्कार हात पारेका छन् । जुन २०१९ मा सार्वजनिक गरिने भएको छ ।

लाइट इयर वान एउटा यस्तो कार हो , जसको सौर्य उर्जा उपयोग गर्ने क्षमतालाई एक असम्भव उपलब्धिका रुपमा सोचिएको छ । डच स्टाटअप लाइटइयरले डिजाइन गरेको सो कार जसले आफै चार्ज गर्छ , क्लाइमेट चार्ज इनोभेटर अवार्ड प्राप्त गरेको छ । यो कार एक पटक चार्ज भएपछी १ महिनासम्म ४०० देखि ८०० किलोमिटरको गुड्छ । तर के सोलार कार सञ्चालन सम्भव छ ?

बर्षौ देखि सोलार कारको सञ्चालन इलेक्ट्रीक कार उद्योेगमा आशावान तथा सम्भावित भविषयका रुपमा रहेको छ । तर यहाँ धेरै टिप्पणी गर्नेहरु पनि छन् जसले यो अवधारणालाई अव्यवहारिक मात्र नभइ असम्भव प्राय मानेका छन् ।

उदाहरणका लागि टोयोटा प्रियुसका लागि डिजाइन गरिएको सोलार छत निर्माण गरिएको थियो जसले परम्परागत व्याट्रि चार्जिङको सहायतामा मात्र उपयोगी भएको थियो । जसले गर्दा पूर्ण सौर्यकारको अस्तित्व असम्भव भन्नेहरुको सोचाईलाई अझ मलजल गर्न सघाएको छ ।

एक इन्जिनियरले पनि सौर्य छतका साथमा एक कारको पावर क्षमताको गणना गरेको थियो । जसको परिणाम राम्रो आएन । इन्जिनियरहरुले यस्तो दरको मापन गर्छ जहाँ इन्जिनको काम हर्सपावरमा गरिन्छ । सोलारको छाना भएको कारको हर्सपावर ६ दशमलव ४ थियो इन्जिनियर टम लमबार्डोले भने जबकी अन्य कारको १८ एचपी हुन्छ ।

यस्तो अवस्थामा लाइट इयर कार २०१९ मा सार्वजनिक हुँदै छ । तर अहिलेसम्म सोलार कारको वास्तविक सम्भावना मानिएको छैन । सोलार एसेस्टेड इलेक्ट्रिक भेइकल लाई सौर्य कारको लागि राम्रो विकल्प मानिएको छ । डच लाइट इयरले कार पूर्ण रुपमा सूर्यबाट सञ्चालन गरिने मात्र नभइ नयाँ प्रविधिसमेत समावेश गरिने बाधा गरेका छन् ।

पाँच उद्यमीहरुले केही बर्षदेखि सोलार कारको उत्पादन गर्न लागि परेका छन् । तर एसएइभी अर्था सौर्य सहायता सवारी र पूर्ण सोलारको खाल्डोलाई हटाउनेमा भने विश्वत हुन सकिदैन ।

तर विश्वमा झिनो आशा भने पलाइरहेको छ । जस्तो २०१७ मा द वाइरन वे रेलरोड कम्पनीले सोलार रेल बनाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL