Logo

चुनाव प्रचारलाई फेसबुकको साहारा, चर्चित उम्मेदवार नै सबैभन्दा अगाडी

चुनाव प्रचारलाई फेसबुकको साहारा, चर्चित उम्मेदवार नै सबैभन्दा अगाडी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुनै बेला प्रर्चा पम्प्लेटमा सिमित चुनावी प्रचारप्रसार अहिले प्रविधिमा केन्द्रित भएको छ । निर्वाचन आयोगले पर्चा पम्प्लेट बनाउन प्रतिबन्ध लगाएसँगै उम्मेदवारहरु आफ्नो प्रचार प्रसारका लागि फेसबुकलगायत अन्य सामाजिक संजाललाई प्रयोग गरिरहेका छन् ।

यही मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनका लागि प्रचारप्रसारको मुख्य आधार नै फेसबुकलाई बनाएका छन् । यसरी फेसबुकमार्फत प्रचारप्रसार गर्नेमा चर्चित नेताहरु नै अग्रपंतीमा रहेका छन् ।

चुनावी अभियानमा होमिएका प्रायः सबै नेताले फेसबुक पेज बनाएर प्रचारप्रसारलाई तिब्रता दिएका छन् । अहिले प्रचारप्रसारका लागि चर्चित नेताहरुले पनि चुनावमा फेसबुकको ब्यापक प्रयोग गरिरहेका छन् । व्यक्तिगत प्रोफाइल बाहेक फेसबुक पेज नै बनाएर आफ्ना लागि भोट मागिरहेका भेटिन्छन् ।

विशेषगरी नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधि सभा उम्मेदवार योगेश भट्टराई, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा काठमाडौं ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा, नयाँ शक्तिका संयोजक तथा प्रतिनिधिसभाका लागि गोरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टराई, भक्तपुरबाट एमालेका प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेत, कांग्रेस केन्द्रीय सदस्य तथा नुवाकोट १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार डा. रामशरण महत, नुवाकोट एमाले अध्यक्ष तथा नुवाकोट क्षेत्र न–२ बाट प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद खतिवडा, एमाले नेता तथा कास्की क्षेत्र न. २ का प्रतिनिधिसभा उम्मेदवार रबिन्द्र अधिकारी आदीले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई फेसबुक पेजमार्फत तिब्रता दिएका छन् ।

यी त भए प्रतिनिधि पात्र । तर, अहिले मनोनयन दर्ता गरेर चुनावी अभियानमा होमिएका सबैजसो उम्मेदवारले आफ्नो व्यक्ति फेसबुक एकाउण्ट बाहेक छुट्टै पेज बनाएर ‘बुस्ट’ गरिरहेका छन् ।

धेरैजसो मतदाताहरुमा इन्टरनेट पहुँच पुगेको र उनीहरुमा आफ्नो एजेन्डालाई सहज रुपमा पुर्याउन सकिने भएकाले पनि उम्मेद्वारहरुले चुनावी प्रचारप्रसारका लागि फेसबुक प्रयोग गरेको बताउँछन् ।

फेसबुकमार्फत आफ्ना विगतका भाषण सहिता भिडियो, चुनावी एजेन्डा, मतदातासँग लाइभजस्ता गतिविधी फेसबुकमा अपडेट गरिरहेका भेटिन्छन । यस्तै कतिपयले सम्बन्धित व्यक्तिलाई जिताऔं भन्दै उम्मेदवारको नाम र फोटो राखेर छुट्टै पेज बनाएर भोट मागिरहेका छन् ।

नेपालमा अहिले ६४ लाखभन्दा बढी मानिस फेसबुकसँग आबद्ध रहेका छन् भने १ करोड ६४ लाखभन्दा बढी इन्टरनेटको पहुँचमा छन् । धेरैजसो मतदाता इन्टरनेट तथा फेसबुकको पहुँचमा भएका पनि उनी उम्मेदवारहरुको प्रचारप्रसारका लागि राम्रो माध्यम बन्न पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL