Logo

बिबी एयरवेजलाई बोइङ बेच्दै निगम, १४ करोड तोकियो मूल्य

बिबी एयरवेजलाई बोइङ बेच्दै निगम, १४ करोड तोकियो मूल्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले बोईङ ७५७ एसीए सिरिजको जहाज बिबी एयरवेजलाई विक्री गर्ने भएको छ । निगमले लिलाममा राखेको सो कर्णाली जहाज बिबीलाई विक्री गर्ने भएको हो ।

एयरवेजले १४ करोड रुपैयाँमा उक्त जहाज खरिद गर्न लागेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । बिक्रीका लागि निगमले दुई पटक सम्म ग्लोवल टेन्डर आह्वान गरेको थियो । १७ करोड रुपैयाँ तोकिएको उक्त जहाज बिक्री नभएपछि १४ करोडमा बिक्रीको लागि राखिएको थियो ।

अर्को विदेशी कम्पनी एभिएशन सिस्टम कर्पोरेशनले बिबीको भन्दा करिव १० हजार डलर कममा आवेदन दिएको उनले जानकारी दिए ।

इजरायलको एपिएस एअरपार्टस सर्भिसेज, नेपालको हिमालय एभिएशन, टिबीआई समुहले पनि विमान खरिदको प्रस्ताव पेस गरेका थिए । जहाज विगत २ बर्षदेखि ग्राउन्डेड भएपछि निगमले लिलामीमा बिक्री गर्ने निर्णय गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL