Logo

मोफसलमा बढ्दै सुविधा सम्पन्न होटल, दाङमा खुल्दै छ १० करोडको होटल माला इन

मोफसलमा बढ्दै सुविधा सम्पन्न होटल, दाङमा खुल्दै छ १० करोडको होटल माला इन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पछिल्लो समय मोफसलमा आधुनिक तथा सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ । पोखरा, चितवन,लुम्विनी पछि मुलुकका अन्य ठूला शहरमा समेत स्तरिय होटल बढ्दै गएका छन् ।

‘इमर्जिङ सिटी’ को रुपमा परिचित दाङको घोराहीमा पनि यस्ता होटल खुल्न थालेका छन् । यसैक्रममा दाङ आधुनिक सुविधासहितको नयाँ होटल सञ्चालनमा आउने भएको छ । दाङको घोराहीमा सञ्चालन गर्न लागिएको होटल माला इन प्रालि हाल निर्माणाधिन अवस्थामा रहेको सञ्चालक ओविन्द्र महराले जानकारी दिए । उनका अनुसार हाल होटलको भित्री प्लाष्टर सकिएर वाहिर प्लाष्टर गरिदै छ ।

होटल माला इन प्रालि नाममा सञ्चालन हुन लागेको सो होटल १० करोड लगानीमा बन्न लागेको हो ।

निर्माणाधिन माला इल होटलले उद्योग विभागमा दर्ताका लागि प्रस्ताव पेस गरेको विभागका अनुमती शाखा प्रमुख रामप्रसाद लुइँटेलले जानकारी दिए । होटलले आइतवार प्रस्ताव पेस गरेको र स्वीकृतिको प्रकृयामा रहेको उनले बताए । प्रस्तावित होटलको पूँजी, क्षमता तथा प्रक्रियालागतबारे अध्ययन गरेर मात्र स्वीकृति दिने उनले जानकारी दिए । प्रावधान अनुसार स्वीकृति पाएको ३५ दिनभित्र प्रचलित कानुन अनुसार उद्योग दर्ताको आवेदन पेस गर्नु पर्नेछ ।

हाइवेको छेउमा बन्न लागेको होटलमा एसि रुम, सेमिनार हल,पार्किङलगायत सुविधा हुने बताइएको छ । त्यस्तै होटलमा १ सय १ ओटा बेड रहने छन् । होटल माला इन प्राली ५ कठ्ठा जमिनमा सञ्चालन हुन लागेको हो । सो होटलबाट ३० जनाले रोजगारी पाउने बताइएको छ । दाङकै नमुना होटलको रुपमा सञ्चालन गर्न लागिएको सञ्चालक महराले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL