Logo

पुनः लकडाउन गर्ने वा नगर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले आज विज्ञहरुसंग छलफल गर्दै, कस्तो छ सम्भावना ?

पुनः लकडाउन गर्ने वा नगर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले आज विज्ञहरुसंग छलफल गर्दै, कस्तो छ सम्भावना ?



काठमाडौं । संघीय राजधानी काठमाडौंसहित देशभर कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि सरकार गम्भीर बनेको छ । जोखिम चुनौतीपूर्ण बन्न सक्ने सम्भावना देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने बारेमा सरोकारवाला निकायका विज्ञहरुसंग छलफल गर्ने तयारी गरेका छन् ।

laxmi

यसैक्रममा आज मंगलबार प्रधानमन्त्री ओलीले यस विषयमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने विज्ञहरुसंग छलफल गर्दैछन् । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले छलफलको आधारमा नै निर्णय लिनेछन् ।

प्रधानमन्त्री ओलीले छलफलका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा आवद्ध मन्त्रिपरिषद्का सदस्यहरु ,सचिव , बिभिन्न क्षेत्रका विज्ञहरु र जनस्वास्थ्य क्षेत्रका विज्ञहरुसंग मंगलबार छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपाय बारे जनस्वास्थ्यविद्हरुसंग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् ।

लकडाउन खोल्दा आवश्यक सावधानी नपाएर निर्णय लिइएको भन्दै सरकारको आलोचना समेत भएको छ । प्रधानमन्त्री ओलीले यसअघि लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए ।

सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी समेत गरिरहेको बताइन्छ । पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषालगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL