Logo

एसइई परीक्षा रद्द भएपछि प्रदेश २ तनावग्रस्त, विद्यार्थीले गरे शिक्षा मन्त्रीको माग

एसइई परीक्षा रद्द भएपछि प्रदेश २ तनावग्रस्त, विद्यार्थीले गरे शिक्षा मन्त्रीको माग



काठमाडौं । प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको परीक्षा रद्द भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन ।

laxmi

शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा रद्द गरिएको हो । परीक्षा रद्द भए पछि विद्यार्थीहरुले आगजनी र ढुंगामुढा गरेका छन । विद्यार्थीहरुले गरेको आगजनी र ढुंगामुढाबाट प्रदेश २ को राजधानी जनकपुर सहित विभिन्न सहर तनावग्रस्त बनेको छ ।

परीक्षा रद्ध भएपछि जनकपुरका विद्यार्थी पनि आक्रोशित बनेका छन । परीक्षा रद्द भएको सूचना पाएसँगै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन । आक्रोशित विद्यार्थीले ढुंगा प्रहार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तोडफोड गरेका छन । अहिले सो क्षेत्रमा विद्यार्थीहरुले शिक्षामन्त्रीको राजीनामा माग्दै नारा लगाईरहेका छन ।

परीक्षा रद्ध भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन । विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।

परीक्षा रद्ध भए पछि रौतहटको चन्द्रनिगाहापुर बजारमा विद्यार्थीले प्रदर्शन गरेको चन्द्रनिगाहापुरबाट किरण तामाङले जानकारी दिएका छन । उनका अनुसार अहिले विद्यार्थीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL