Logo

काठमाडौंमा खुल्यो ‘द जेन्युइन’, रोजाइमा अष्ट्रेलिया

काठमाडौंमा खुल्यो ‘द जेन्युइन’, रोजाइमा अष्ट्रेलिया


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई लक्षित गरी ‘द जेन्युइन एजुकेसन समिर्भ’ संचालनमा आएको छ । विशेषगरी अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श उपलब्ध गराउने उद्देश्य कन्सलटेन्सी संचालनमा ल्याइएको द जेन्युइन एजुकेसन सर्भिस’ का निर्देशक सनीरकुमार महर्जनले बताए ।

जेन्युइनले काठमाडौंको सोह्रखुट्टेबाट आफ्नो सेवा शुरु गरेको छ । कन्सलटेन्सीले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि उचित परामर्श प्रदान गर्ने तथा उपयुक्त विश्वविधालयको छनौटमा सहयोग गर्ने महर्जन बताउँछन् । महर्जन आफै पनि एक दशकभन्दा बढी अध्ययन तथा व्यवसाय गर्दै आएका छन् । ‘अष्ट्रेलियामा रहेर हासिल गरेको अनुभव, सम्पर्क र ज्ञानलाई नेपालबाट अष्ट्रेलिया गएर अध्ययन गर्न चाहने विधार्थीको हितमा सघाउ पुर्याउने उद्देश्यले हामी अघि बढेका छौं,’ महर्जनले भने ।

महर्जनका अनुसार द जेन्युइन एजुकेसन सर्भिस’मा आउने विधार्थीलाई अष्ट्रेलियाको जुनसुकै स्थानमा, जुनसुकै विषय तथा जुनसुकै विश्वविधालयमा अध्ययनका लागि बिना झञ्झट उचित र आवशयक परामर्श दिने बताए । ‘हामी विधार्थीको समय तथा पैसालाई बर्बाद नहुने गरि आवश्यक र उचित परामर्श दिन्छौं’, महर्जनले भने । द जेन्युइन एजुकेसन सर्भिस’ का निर्देशक सनीरकुमार महर्जनले बताए । हाल परामर्श सेवामात्र शुरु गरेको भएपनि केही समयभित्रै विधार्थीका लागि आइएलटीएसलगायतका कक्षाहरु पनि शुरु गर्ने उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL