Logo

अर्थमन्त्री र एडीबीका अध्यक्षबीच फोन वार्ता, नेपाललाई ३० अर्ब सहयोग गर्ने एडीबीको प्रतिबद्धता

अर्थमन्त्री र एडीबीका अध्यक्षबीच फोन वार्ता, नेपाललाई ३० अर्ब सहयोग गर्ने एडीबीको प्रतिबद्धता



काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई ३० रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा एडीबीका अध्यक्ष मासाचुगु आसाकावाबीच भएको टेलिफोन वार्तामा अध्यक्षले मासाचुगुले नेपाललाई २५० मिलियत अमेरिकी डलर अर्थात ३० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने प्रतिवद्दता जनाएका हुन् ।

laxmi

अर्थमन्त्री डा. खतिवडा र बैंकका अध्यक्ष आसाकावाबीचको टेलिफोन वार्तामा कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एडीबीले नेपाललाई गरिरहेको सहयोग तथा आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्नसक्ने थप सहयोगका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी एडीबीले ३ लाख अमेरिकी डलर (करिब रु. ३ करोड ६० लाख) बराबरको स्वास्थ्य सामाग्रीसमेत नेपाललाई अनुदान दिएको छ । अर्थमन्त्री डा. खतिवडाले बुधबार बैंकका अध्यक्ष आसाकावासँग टेलिफोनमा वार्ता गर्दै एडीबीले गर्न लागेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

अर्थमन्त्री डा. खतिवडाले नेपालको पूर्वधार र कोरोनाको संक्रमण पछि खुम्चिँदै गएको वैदेशिक रोजगारीले युवाहरुलाई स्वदेशमैं काम गर्ने वातावरण बनाउन तथा व्यवसायिक कृषि र स्थानीय पूर्वाधारमा लगानी बढाउनुपर्ने भएकाले यी क्षेत्रमा सहायता बढाउन खतिवडाले आग्रह गरेका थिए ।

एडीबीका अध्यक्ष आसाकावाले कोरोना भाइरसको दुष्परिणामलाई न्यूनीकरण गर्न तथा भविष्यमा ऊर्जा, यातायात, संघीयताको सेवाप्रवाह जस्ता विषयमा सहायता गर्ने प्रतिवद्धता ब्यक्त गरेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL