Logo

इपानको आयोजनामा विद्युत व्यापार केन्द्रित ‘पावर समिट’ विहीबारदेखि, २५ हजार मेगावाट विद्युत निर्यातको बाटो खुल्ने आशा

इपानको आयोजनामा विद्युत व्यापार केन्द्रित ‘पावर समिट’ विहीबारदेखि, २५ हजार मेगावाट विद्युत निर्यातको बाटो खुल्ने आशा



काठमाडौं । नेपालमा उत्पादित विद्युत व्यापारमा केन्द्रित भएर आयोजना गर्न लागिएको पावर समिट बिहीबारदेखि शुरु हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)ले यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

laxmi

पछिल्लो समय नेपालमा विद्युत उत्पादनको लहर चलिरहेको बेला यसको बजार विस्तारलाई केन्द्रमा राखेर उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । यसअघिका पावर समिटमा नेपालको उर्जा क्षेत्रमा लगानी र उत्पादन बढाउने सम्बन्धी विषयहरु उठाईने भएपनि यसपालिको सम्मेलनमा विद्युत व्यापारको विशेष चर्चा हुने ईप्पानका अध्यक्ष शैलेन्द्रलाल गुरागाँईले जानकारी दिए ।

नेपाल सरकारले नै आगामी १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने भन्दै लागिपरेको अवस्थामा यसको खपतको बिषय प्रमुख चुनौती बनेको छ । हाल नेपालबाट भारतले १६ हजार मेगावाट र बंगलादेशले ९ हजार मेगावाट विद्युत किन्ने सहमति समेत गरेका छन । जसका लागि विद्युत निर्यातको सम्झौता हुनु जरुरी छ । सम्मेलनमा बंगलादेश र भारतका पदाधिकारीसँग विद्युत निर्यात सम्बन्धी सम्झौता हुने सम्भावना रहेको अध्यक्ष गुरागाँईले जानकारी दिए । विद्युत व्यापारको बाटो खुलाउने उद्देष्यले नेपालको नेपाल ईनर्जी एक्स्चेन्ज र ईन्डीयन ईनर्जी एक्स्चेन्जबीच सम्झौता पनि उक्त सम्मेलनमा हुनेछ ।


बिहीबार र शुक्रबार चल्ने उक्त सम्मेलनमा विभिन्न मुलुकबाट विशेषज्ञहरु आउने कार्यक्रम रहेको छ । ७ सय ५० जनाभन्दा बढी सहभागी हुने उक्त सम्मेलनका लागि ७ सयको हाराहारीमा दर्ता भईसकेको आयोजकले जानकारी दिएको छ । उक्त सम्मेलनले क्षेत्रीय विद्युत ब्यापारको लागि विचार आदान प्रदान गर्न तथा औपचारिक वार्ताहरु बढाउन उपयोगी हुने आयोजकको भनाई छ । सम्मेलनमा विभिन्न १० सत्रमा ७० भन्दा बढी विशेषज्ञहरुले प्रस्तुति दिनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL