Logo

नयाँ सम्झौतापछि सवारी चालक अनुमति पत्र अब सुरक्षण मुद्रण केन्द्रले छपाइ गर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र अब सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिने भएको छ। यस सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना र विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन्। अब सुरक्षण…