Logo

सरकारको कोरोना कोषमा राष्ट्रिय वाणिज्य बैकको एक करोड ५० लाख सहयोग, यी स्थानका बैंक खातामा जम्मा गर्न सकिन्छ रकम

सरकारको कोरोना कोषमा राष्ट्रिय वाणिज्य बैकको एक करोड ५० लाख सहयोग, यी स्थानका बैंक खातामा जम्मा गर्न सकिन्छ रकम



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सरकारले स्थापना गरवेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथामका लागि उक्त रकम सहयोग गरेको हो ।

laxmi

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरिएको हो । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ, एलसी लगायत बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ । बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरु देहाय बमोजि खोलिएका छन् । यी खाताहरुमा कनेक्ट आईपीएस, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत विद्युतिय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने छ ।

१ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको प्रं–१ कोरोना जन सुरक्षा कोषको
खाता नम्बरः २१२०००५८८१०१, शाखा कार्यालय बिराटनगर

२ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः १२२०५०३०००००१, शाखा कार्यालय जनकपुर

बागमती प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः १३००५०३०००००२, शाखा कार्यालय हेटौंडा

गण्डकी प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः ३०२०००१८८३०१ शाखा कार्यालय पृथ्वीचोक

५ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बर ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवल

कर्णाली प्रदेश सरकारद्धारा संचालन भएको प्रदेश विपत व्यवस्थापन कोषको
खाता नम्बर ४०८०५०३००००००, शाखा कार्यालय सुर्खेत

सुदूर पश्चिम प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः ४१७०५०३०००००३ शाखा कार्यालय धनगढी

प्रतिक्रिया दिनुहोस्
MBL