Logo

महालक्ष्मी विकास बैंकले गर्यो प्रशासनिक शुल्क फिर्ता, ६० जना लाभावान्वित

महालक्ष्मी विकास बैंकले गर्यो प्रशासनिक शुल्क फिर्ता, ६० जना लाभावान्वित



काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । बैंकले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्घि गर्ने उद्देश्य सहित महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तरगत नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको हो ।

laxmi

ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो । बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।

बैंकले आगामी दिनहरुमा समेत कर्जाको किस्ता/ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने भएको छ । बैंकले १०२ शाखा तथा ३५ एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL