Logo

सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सम्झौता, बैंकका शाखामार्फत सहुलियतपूर्ण ऋण

सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सम्झौता, बैंकका शाखामार्फत सहुलियतपूर्ण ऋण



काठमाडौं । सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सम्झौता भएको छ । बैंक र संघबीच भएको सम्झौता अनुसार बैंकका शाखामार्फत बीमा सुविधा सहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन, कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा उपलब्ध हुनेछ ।

laxmi

सो सम्झौतामा संघका अध्यक्ष वीरेन्द्र जटि र बैंकका व्यापार बैंकिङ प्रमुख हरि प्रसाद आर्चायले हस्ताक्षर गरेका छन । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम रोजगार सृजना गरि आर्थिक उन्नति चाहने महिला उद्यमी तथा नेपाल राष्ट्र बैंकले तोकेको योग्यता पुगेका अन्य व्यक्ति तथा व्यवसायीले बैंकसँग सहकार्य गर्न सकिने बताए ।

बैंकले यही पुस ७ गते भक्तपुरमा आयोजित एक कार्यक्रममा संघमा आवद्व उद्यमीहरुलाई बीमा, व्याज अनुदान तथा निर्यातमा नगद प्रोत्साहन सहितको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेलगायतका कायृक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL