Logo

एनआईसी एशिया बैंक र सस्तो टिकेटसबीच सम्झौता, अनलाईनमार्फत हवाई टिकट खरिद

एनआईसी एशिया बैंक र सस्तो टिकेटसबीच सम्झौता, अनलाईनमार्फत हवाई टिकट खरिद



काठमाडौं । एनआईसी एशिया बैंक र सस्तो टिकेटसप्रालीबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मोबाइल बैकिङलगायत एनसीएच एल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ अनलाईनमार्फत् भुक्तानी गर्न सक्ने छन ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सस्तो टिकेटसका अध्यक्ष सम्राट दाहालले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले ३१० शाखा, ३८० एटिएम, ८४ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL