Logo

एनआईसी एशिया बैंक र चौराहा अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र चौराहा अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक चौराहा अस्पतालबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता अनुसार बैंकका ग्राहकलाई उक्त अस्पतालमा स्वास्थ्य उपचार गराउँदा अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको छुट पाउने भएको छ ।

बैंकका प्रदेश ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र चौराहा अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २९५ शाखा, ३२१ एटिएम, ५७ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL