Logo

अर्थमन्त्रीको उद्घोष, ‘नेपाल वित्तीय स्थायित्वको युगमा प्रवेश, राष्ट्रिय अर्थतन्त्र पुनर्निर्माणको चरणमा’

अर्थमन्त्रीको उद्घोष, ‘नेपाल वित्तीय स्थायित्वको युगमा प्रवेश, राष्ट्रिय अर्थतन्त्र पुनर्निर्माणको चरणमा’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल वित्तीय स्थायित्वको युगमा प्रवेश गरेको बताएका छन् । नेपालको वित्तीय क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट भएको जानकारी दिँदै नेपाल वित्तीय स्थायित्वको युगमा प्रवेश गरेको बताएका हुन ।

laxmi

‘अहिले नेपालमा धेरै जसो वित्तीय परिसुचकहरु राम्रा छन्,’ नेपाल राष्ट्र बैंकको केन्द्रिय भवन सिलान्यास कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारको नीति अनुरुप बैंक खाता खोल्ने क्रम बढेको छ भने बीमा गर्ने नेपालीको संख्यामा पनि उत्तिकै वृद्धि भएको छ ।’

अहिले सरकार राष्ट्रिय अर्थतन्त्र पुनर्निर्माणको क्रममा रहेकाले यस्तो अवस्थामा जनताले सोचे अनुरुपको विकास गर्न नसकिएको उनको भनाई थियो । ‘संघियता अनुरुप वित्तीय, आर्थिक तथा प्रशासनिक प्रणालीमा सुधार तथा आर्थिक स्थायित्वको काम गर्न जरुरी छ,’ उनले भने, ‘सरकार यसै काममा लागेको हुनाले जनताको अपेक्षा अनुरुप सरकारले आर्थिक विकासमा गति लिन नसकेको हो ।’

साथै उनले राष्ट्र बैंक स्वायत्त निकाय भएको र स्वायत्त संस्थाले जवाफदेहितामा ध्यानदिनुपर्ने बताए । स्वायत्त निकायमा जवाफदेहिता नभए अराजकता आउने भन्दै त्यसतर्फ ध्यान दिन उनको आग्रह थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्र स्वायत्व निकाय भएकाले सरकारको प्रमुख आर्थिक सल्लाहकारको भुमिकामा अघि बढ्नुपर्ने बताईन् । साथै राष्ट्र बैंकजस्तो संस्था संचालनका लागि सक्षम नेतृत्व आवश्यक पर्ने भन्दै त्यसफर्त पनि ध्यान दिन उनको आग्रह थियो ।

यसैगरी गभर्नर डा. चिरञ्जिवी नेपालले पछिल्लो समय राष्ट्र बैंक आफ्नो लक्ष्य र उद्देश्यप्रति दृढ रहेको जानकारी दिँदै बैंक वित्तीयलगायत समग्र परिसुचकहरुमा सुधार ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL