Logo

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ योजना सार्वजनिक, खाता खोल्दा १६ लाखको बीमा

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ योजना सार्वजनिक, खाता खोल्दा १६ लाखको बीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकका लागि ‘बचत पनि बीमा पनि’ नामक बचत खाता योजना सार्वजनिक गरेको छ ।

laxmi

बैंकल सोमबार एक कार्यक्रमको आयोजना गर्दै जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु समेटिएको उक्त योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अनुसार ती खाताहरु खोल्ने ग्राहकहरुलाई १६ लाख रुपैयाँसम्मको बीमाको समेत व्यवस्था गरिएको छ । बैंकका अनुसार खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु दिईने छ ।

ग्राहकले उक्त योजना अनुसार खाता खोल्दा मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन । उक्त योजनाको न्युनतम मौज्दात भने क्रमश ५ हजार, १५ हजार र २५ हजार रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL