Logo

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा कावासोतीमा, मोबाईल रिर्चाज देखी निक्षेप खाता संचालन

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा कावासोतीमा, मोबाईल रिर्चाज देखी निक्षेप खाता संचालन



काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासीको कावासोती नगरपालिका ६ विष्णुनगरमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

laxmi

बैंकले संचालनमा ल्याएको उक्त शाखारहित बैंकिङ सेवाको कावासोती नगरपालिका उप–मेयर प्रेम शंकर मर्दानियाले उद्घाटन गरेका हुन । साथै बैंकको बजार प्रतिनिधिमा विकाश गुरुङलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने बैंकको विश्वास रहेको छ ।

उक्त सेवामार्फत स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज लगायतका सेवा प्राप्त गर्न सक्नेछन । बैंकले २ सय ८४ शाखा, २ सय ८९ एटिएम, ४१ एक्स्टेन्सन काउण्टर एवं २९ शाखारहित बैंकिङ ईकाईमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL