Logo

सिटिजन्स बैंकले ल्यायो सरल बचत खाता, दैनिक मौज्दातमा बार्षिक ५ प्रतिशत ब्याज

सिटिजन्स बैंकले ल्यायो सरल बचत खाता, दैनिक मौज्दातमा बार्षिक ५ प्रतिशत ब्याज



काठमाडौं । समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता अन्तरगत सिटिजन्स बैंले ‘सिटिजन्स सरल बचत खाता’ सार्वजनिक गरेको छ ।

laxmi

बैंकले सार्वजनिक गरेको सो बचत खाता बैशाख १ गते देखी लागु गरिएको बै.कले जानकारी दिएको छ । उक्त योजना अन्तरगत खाता खोल्ने ग्राहकलाई बैंकले १ सय रुपैयाँ खातामा राख्ने भएको छ ।

सुरुमै १ सय रुपैयाँ खातामा पाउने सिटिजन्स सरल बचत खाता ग्राहकहरुका लागि राम्रो हुने बैंकले विस्वास लिएको छ ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ प्रतिशत ब्याजदर प्रदान गरिने छ । बैंकले यस योजना अन्तरगत सहभागी भएका ग्राहकका लागि विभिन्न प्रकारका सहुलियत समेत उपलब्ध गराएको छ ।

बैंकले उक्त खातामा भिजा डेविट कार्ड अन्तरगत एबीबीएस, आश्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा, मोबाईल बैंकिङ, अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी स्कोर प्रविधिमा दर्तालगायतका सेवा रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आश्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा लगायतका सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL