Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन २ नयाँ शाखा संचालनमा

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन २ नयाँ शाखा संचालनमा



काठमाडौं । प्रभु बैंकले एकैदिन २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुट्टै कार्यक्रम गरी झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा उक्त २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

laxmi

झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक समारोहका विच उद्घाटन गरेका हुन । यस्तै मोरङ्ग जिल्लास्थित उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलले उद्घाटन गरेका हुन ।

सोमबारदेखि सञ्चालनमा आएका बैंकका चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL