Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, क्यान्सर सपोर्ट ग्रुपलाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, क्यान्सर सपोर्ट ग्रुपलाई आर्थिक सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो १३ औं बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले उक्त अबसरमा सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले उक्त ग्रुपलाई ५० हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक नेपाल क्यान्सर सपोर्ट ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठले ग्रहण गरेका थिए ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपले क्यान्सर पीडितलाई सकरात्मक सोचका साथ साधारण जीवन विताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL