Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, वार्षिकोत्सवमा बृक्षारोपण

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, वार्षिकोत्सवमा बृक्षारोपण



काठमाडौं । सिभिल बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक लगायतका शाखाहरुमा रक्तदान कार्यक्रम गरेको छ ।

त्यस्तै बैंकले धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले लगायत २५ शाखामार्फत सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई ५ हजारका दरले १ लाख २५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले वार्षिकोत्सवकै अवसरमा पशुपति क्षेत्रमा ३ सय ओटा बृक्षारोपण गरी उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने भएको छ ।

बैंकको चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यस अवधिको तुलनामा ६३ दशमलब ९९ प्रतिशतले बृद्धी हो । बैंकको कुल शाखा संख्या ७१ रहेको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL