Logo

प्रभु बैंकको नाफामा उच्च वृद्धि ७१ प्रतिशतले बढ्यो, ३ महिनामा कमायो ६४ करोड

प्रभु बैंकको नाफामा उच्च वृद्धि ७१ प्रतिशतले बढ्यो, ३ महिनामा कमायो ६४ करोड



काठमाडौं । प्रभु बैंकले चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ६४ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार ६४ करोड ३१ लाख वितरण योग्य नाफा आर्जन गरेको हो ।

सो अबधि आईपुग्दा बैंकले आफ्नो निक्षेप संकलन १ खर्ब रुपैयाँ कटाएको छ । हाल बैैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड ३९ लाख छ भने जगेडा कोषमा चार अर्ब ८५ करोड ८६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

बैंकले आफ्नो प्रतिसेयर आम्दानीलाई २३ रुपैयाँ ७२ पैसाबाट बढाएर २९ रुपैयाँ ७ पैसा पुर्याएको छ । सो अबधिमा बैंकले आफ्नो धेरैजसो सुचकाङ्कहरुमा सुधार गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL