Logo

मुक्तिनाथ विकास बैंक र होटल शम्बलाबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

मुक्तिनाथ विकास बैंक र होटल शम्बलाबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र होटल शम्बला काठमाडौंबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले होटलको सुविधामा १५ प्रतिशत सम्म छुट पाउने भएको छ ।

बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र होटलका बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

उक्त होटलमा सुविधा प्राप्त गर्न भने ग्राहकले बैंकको भिजा डेविट कार्ड देखाउनु पर्ने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL