Logo

ज्योति विकास बैंकको ज्योति श्रमजिवी बचत खाता संचालनमा, बचतमा ८ प्रतिशत ब्याज

ज्योति विकास बैंकको ज्योति श्रमजिवी बचत खाता संचालनमा, बचतमा ८ प्रतिशत ब्याज



काठमाडौ । ज्योति विकास बैंकले ‘ज्योति श्रमजिवी बचत खाता’ संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त बचत खातामा वार्षिक ८ प्रतिशत ब्याज दिने भएको छ । साथै बचत खातामा निःशुल्क बीमाको ब्यवस्था समेत गरेको छ ।

बैंकले भिसा डेबिड कार्ड स्मार्ट मोबाईल बैंकिङ, एबीबीएस, सी आश्वा तथा इन्टरनेट बैंकिङ निशुल्क गरेको छ । त्यस्तै लकर सुविधामा गुड फर पेमेन्ट चेक जारी गर्दा विशेष छुट दिने भएको छ ।

बैंकले ६० शाखा तथा २१ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकले हाल सम्म १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब १० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
बैंकको कुल चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL