Logo

एनआईसी एशियाको शाखा गजूरी र गल्छीमा, शाखा संख्या २ सय ३४ पुग्यो

एनआईसी एशियाको शाखा गजूरी र गल्छीमा, शाखा संख्या २ सय ३४ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले एकैचोटी २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार धादिङको गजुरी र गल्छमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैकका अनुसार गजूरी शाखाको गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले र गल्छी शाखाको गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले उद्घाटन गरेका हुन ।

बैंकका उक्त २ शाखा विस्तार पछि हाल बैंकका शाखा कार्यलयहरु २ सय ३४ पुगेका छन ।

साथै बैंकले हाल २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL