Logo

सिनर्जी खरिदसँगै बेष्ट फाइनान्सको एकिकृत कारोबार सुरु, चुक्ता पूँजी ८९ करोड

सिनर्जी खरिदसँगै बेष्ट फाइनान्सको एकिकृत कारोबार सुरु, चुक्ता पूँजी ८९ करोड



काठमाडौं । बेष्ट फाईनान्स कम्पनीले आजबाट एकिकृत कारोबार सुरु गरेको छ । फाइनान्सले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सिनर्जी खरिदपछि एकिकृत कारोबार सुरु गरेको हो ।

उक्त एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले उद्घाटन गरेका हुन् । बेष्ट फाइनान्सले असार १८ गते नेपाल राष्ट्र बैंकबाट सिनर्जी फाइनान्स एक्वीजिसनको लागि स्वीकृती पाएको थियो ।

एक्वाएरसँगै दुवै संस्थाबाट हुँदै आएको कारोबार बेष्ट फाईनान्स कम्पनीको नामबाट हुने भएको हो । उक्त प्राप्ति पश्चात बेष्ट फाइनान्स कम्पनीको चुक्ता पूँजी ८९ करोड ५ लाख पुग्नेछ भने निक्षेप २ अर्ब २४ करोड हुने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै एकिकृत कारोबारपश्चात बेष्ट फाईनान्स कम्पनीको कर्जा लागानी १ अर्ब ९९ करोड र कुल सम्पत्ती भने ३ अर्ब ६० करोड पुग्ने भएको हो । एक्वीजिसन पश्चात बेष्ट फाइनान्सको संचालक समितिका अध्यक्ष पदमराज न्यौपाने नियुक्त भएका छन । संचालक समितिको सदस्यहरुमा मिलन थापा, कृष्णहरी श्रेष्ठ, सुरज क्षेत्री तथा महेश प्रसाद अधिकारी चयन भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL