Logo

एनएमबी बैंलले पायो बेष्ट इस्युइङ बैंक पार्टनर अवार्ड, बन्यो नेपालको पहिलो बैंक

एनएमबी बैंलले पायो बेष्ट इस्युइङ बैंक पार्टनर अवार्ड, बन्यो नेपालको पहिलो बैंक



काठमाडौं । एनएमबी बैंक ‘बेष्ट इस्युइङ बैंक पार्टनर इन फ्रेगल कन्ट्रीज २०१७ दक्षिण एसिया’ बाट सम्मानित भएको छ ।

आईएफसी ट्रेड अवार्ड अन्तर्गत ‘बेस्ट युजिङ बैंक पाटनर इन फ्रेगल कन्ट्रीज २०१७ दक्षिण एसिया’ बाट सम्मानित हुने एनएमबि बैंक नेपालको पहिलो बाणिज्य बैंक भएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

ग्लोबल ट्रेड फाईनान्स प्रोगाम २०१७ मा बैकले गरेको सहकार्यका लागि रेजियोनल फाईनान्सियल इन्सच्युट ग्रुप, आईफसीका हेड एसीया एण्ड प्यासीफिक भिटोरीयो डी बेलोले बैंकका सिइओ सुनिल केसीलाई उक्त अवाड प्रदान गरेका हुन् ।

बैंकले आईएफसी ट्रेड अवार्डसँगै ३ अन्र्तराष्ट्रिय अवार्ड हात पारेको छ ।

उक्त अवार्ड प्राप्तीसँगै एनएमबि बैकको अन्तरराष्ट्रिय सम्बन्ध तथा अन्तरराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ ।

एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL