Logo

एनआईसी एशिया र रेमिटवेयर सम्भौता, क्यानाडा र युएई बाट इनवार्ड रेमिटान्स सेवा

एनआईसी एशिया र रेमिटवेयर सम्भौता, क्यानाडा र युएई बाट इनवार्ड रेमिटान्स सेवा



काठमाडौं । एनआईसी एशिया बैंक र रेमिटवेयर पेमेन्टस बीच रेमिटान्स सम्झौता भएको छ ।

बैंकको रेमिटवेयर सँगको सम्झौता पछि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी क्यानाडा र युएई बाट इनवार्ड रेमिटान्सको सुरुवात गरेको छ ।

सम्झौता अनुसार रेमिटवेयर मार्फत क्यानाडा र दुबैबाट पठाएको रकम बैंकका मुलुकभर रहेका शाखा तथा प्रतिनिधिहरु मार्फत भुक्तानी पाउन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय शाखा कार्यालय, २ सय एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै ५ एक्स्टेन्सन काउन्टर, ६ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गरेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ५८ करोड रुपैंयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ अर्ब ९ करोड रुपैंयाँ रहेको छ । कुल निक्षेप भने १ अर्ब ३३ करोड रुपैंयाँ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL