Logo

एसबीआई बैंकले १ अर्ब ३७ करोड कमाउँदा हिमालयनले कमायो १ अर्ब ६१ करोड

एसबीआई बैंकले १ अर्ब ३७ करोड कमाउँदा हिमालयनले कमायो १ अर्ब ६१ करोड



काठमाडौं । नेपाल एसबीआइ बैंकले चालू आर्थिक बर्षको पहिलो ९ महिनामा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आफ्नो नाफामा २४ प्रतिशतले बृद्धि गेको छ ।

बैंकले ब्याज आम्दानीमा बृद्धि गरेसँगै आफ्नो नाफामा बृद्धि भएको हो । सो अबधिसम्म आईपुग्दा बैंकले ८३ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

कुल ८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकको जगेडा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ छ । खराब कर्जा एकदमै न्युन रहेको सो बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ छ ।

यसैगरी आज नै वित्तीय विवरण सर्वजनिक गरेको हिमालयन बैंकले भने आफ्नो नाफामा समान्य बृद्धि गर्दै १ अर्ब ६१ करोड रुपैयाँ कमाएको छ ।

चुक्ता पूँजी ८ अर्ब ११ करोड रुपैयाँ रहेको सो बैंकले हालसम्म आईपुग्दा ९६ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यसैगरी बैंकको जगेडा बोषमा ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

खराब कर्जा १ शदमलव १९ प्रतिशत रहेको सो बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL